समृद्धि फाइनान्सद्धारा सामाजिक कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2024 | 06:03:12 PM मा प्रकाशित

laxmi sunrise bank

समृद्धि फाइनान्सले शुक्रबार आफ्नो जनकपुर शाखाबाट विवाह पञ्चमीको अवसरमा जनकपुर ३ स्थित राजदेवी मन्दिरको नजिकै कारीब २५० भक्तजनहरुलाई पिउने पानी तथा चिया बितरण  गरेको छ । साथै शनिबार संस्थाको नारायणगढ शाखाबाट नारायणी किनार स्थित देवघाट धाममा सरसफाई कार्यक्रम र मधुवन शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रम मधुवन स्थित बहरदार टोलका ३५ जना स्थानीय बासिन्दा बीच, वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved