नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औं बार्षिक साधारण सभा तथा सातौं महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरि १० सदस्य निर्वाचित गरेको छ । निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् ।
यसैगरि महासचिवमा निकेश खत्री बिजयी भएका छन् । सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा अनिस मिजार अनुप आचार्य, चित्रराज भण्डारी र शुक्र गिरी बिजयी भएका छन् । नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रुपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ ।