सेयर कर्जा २० प्रतिशतले बढ्दा किन बढ्न सकेन शेयर बजार, के भन्छन जानकार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2025 | 10:51:13 PM मा प्रकाशित

laxmi sunrise bank

सेयर कर्जा बढेपनि शेयर बजार बढ्न नसकेको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्षको पहिलो चार महिनामा सेयर कर्जा करिब २० प्रतिशतले बढेपनि त्यहिअनुपातमा शेयर बजार बढ्न नसकेको तथ्यांकले देखाएको छ । 

चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट १७ अर्ब ६७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको छ। जुन गत वर्षको तुलनामा १९.६ प्रतिशतले वृद्धि भएको हो। तर, यति ठूलो कर्जाको प्रवाह हुँदासमेत सेयर बजारले अपेक्षित सुधार देखाउन सकेको छैन।

राष्ट्र बैंकको तथ्यांकले ठूला कर्जामा वृद्धि भएको देखाए पनि सेयर बजारको मागमा सकारात्मक प्रभाव देखिएको छैन। सेयर बिक्री र पुँजीगत करले बजारबाट ठूलो धनराशी बाहिरिनुले कर्जाको प्रभावलाई निष्प्रभावी बनाएको छ।

तरलता सहजताको आवस्था र घट्दो ब्याजदर भएपनि स्थिर नीतिगत संरचनाको अभावले बजारमा सुधार हुन नसकेको जानकार बताउछन। सरकार र राष्ट्र बैंकका नीतिगत अस्थिरताले लगानीकर्ताहरूको विश्वास घटाएको उनीहरुको भनाई छ।  

सेयर बजारमा सुधार ल्याउन सकारात्मक नीतिगत संकेत, स्थिरता, र लगानीकर्ताको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने देखिन्छ। अर्थतन्त्रको वर्तमान अवस्थाले थप जोखिम लिन नहौसाउने स्थितिमा, सशक्त नीतिगत सुधारको खाँचो झनै महत्त्वपूर्ण बनेको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved