
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा फर्काइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका थिए। लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा चलिरहेको हो।