
काठमाडौँ महानगरपालिकाले सामुदायिक र संस्थागत (बोर्डिङ) विद्यालयका शिक्षकहरुलाई तालिम दिने भएको छ । उनीहरूको क्षमता विकास गर्दै शैक्षिक गुणस्तर सुधार गर्न महानगरले सामुदायिक र बोर्डिङ स्कूलका शिक्षकहरूलाई तालिम दिन लागेको हो ।
महानगरले ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत ७२० जना महानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई तालिम दिन लागेको हो । यस तालिमले शिक्षकहरूको ज्ञान र सीपलाई उच्चस्तरमा पुर्याउँदै विद्यार्थीहरूको शैक्षिक नतिजा सुधारमा ठूलो योगदान दिने महानगरले अपेक्षा राखेको छ ।
माघ ३ गतेदेखि ८ गतेसम्म तालिम दिइने महानगरले जनाएको छ । तालिमले शिक्षकहरूको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार ल्याउने, शैक्षिक क्रियाकलापलाई व्यवहारिक र नतिजामुखी बनाउने विश्वास लिइएको छ ।