
लक्ष्मी सनराइज बैंकको प्रायोजन र लक्ष्मी सनराइज क्यापिटलको कोष व्यवस्थापनमा सञ्चालन भएको लक्ष्मी सस्टेनेबल इनर्जी फण्ड को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
नवीकरणीय ऊर्जा र दिगो विकासलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धि लक्ष्य राखेको कोषले जलविद्युत र अन्य दिगो ऊर्जा क्षेत्रमा लगानी गर्दै आइरहेको छ। नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त प्राइभेट इक्विटी कोषको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ।
कोषले संकलित रकममध्ये ९० प्रतिशत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्ने र बाँकी १० प्रतिशत रकम अन्य विविध क्षेत्रमा लगानी गर्ने योजना अघि बढाएको छ। जलविद्युतलगायत दिगो उर्जा परियोजनामा यस कोषको योगदानले नवीकरणीय ऊर्जा स्रोतहरूको विकास र आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ।
कोषको व्यवस्थापन, लगानी नीतिहरू, र आगामी योजनाबारे छलफल गर्दै साधारण सभाले महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। यस कोषले नेपालमा दिगो उर्जा र वातावरणीय अनुकूल परियोजनाहरूको प्रवर्द्धनमा भूमिका खेल्ने लक्ष्य राखेको छ।
साधारण सभामा कोषका प्रायोजक, व्यवस्थापक, र सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो। फण्डले आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा दिगो विकासका परियोजनाहरूमा लगानी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।