नेपाल सरकारलाई निजी क्षेत्रको धन्यवाद: लगानीमैत्री वातावरण सृजनामा प्रशंसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2025 | 12:06:40 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका प्रमुख सङ्घ–संस्थाले हालै जारी गरिएका अध्यादेशप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीहरूको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, र उद्योग व्यवसाय महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले सरकारद्वारा जारी अध्यादेशलाई स्वागतयोग्य भनेका छन्।

निजी क्षेत्रका प्रतिनिधिहरूले कोभिड–१९ पछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेशले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै तिनको प्रभावकारी कार्यान्वयनका लागि छिटो नियमावली र कार्यविधि ल्याउन आग्रह गरे। उनीहरूले लगानीमैत्री वातावरणको विकासले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहयोग पुग्ने बताए।

प्रधानमन्त्री ओलीले सरकारको सदासयतालाई सकारात्मक रूपमा लिएकोमा खुसी व्यक्त गर्दै देश बनाउने नीति निर्माणमा सत्ता गठबन्धनका दलहरू सक्रिय रहेको बताए। साथै, सरकार ढल्ने हल्लाको खण्डन गर्दै सुशासन र विकासलाई प्राथमिकतामा राख्दै लगानीमैत्री नीति ल्याउन सरकार कटिबद्ध रहेको बताए।

गत पुस २९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चारवटा अध्यादेश जारी भएका थिए भने भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुने प्रक्रिया अघि बढेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved