अमेरिकी डलर घट्दा युरो र पाउण्डको भाउ बढ्यो, कस्तो छ अरु देशको मुद्राको विनिमय दर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2025 | 07:50:21 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिद दर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्री दर एक सय ३८ रुपैयाँ ४९ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिद दर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्री दर एक सय ४२ रुपैयाँ ७४ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्री दर एक सय ६९ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५६ पैसा र बिक्री दर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १४ पैसा र बिक्री दर ९६ रुपैयाँ ५६ पैसा रहेको छ। जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७९ पैसा र बिक्री दर आठ रुपैयाँ ८३ पैसा छ।

साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ८३ पैसा र बिक्री दर ३७ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले विनिमय दरमा आवश्यक परे संशोधन गर्न सकिने जनाएको छ। अद्यावधिक जानकारी बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved