उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, कस्तो छ अरु ठाउँमा आजको मौसम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2025 | 08:01:24 AM मा प्रकाशित

laxmi sunrise bank

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। हाल पहाडी क्षेत्रहरूमा आंशिक बदली र सुदूरपश्चिम प्रदेश तथा तराईका केही स्थानमा हुस्सु लागेको छ। महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

त्यसैगरी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्का हिमपातको सम्भावना छ। गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य प्रदेशका उच्च पहाडी क्षेत्रमा पनि एक-दुई स्थानमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमको यो अवस्था अनुसार विशेषगरी उच्च पहाडी क्षेत्रका बासिन्दालाई चिसोबाट बच्न सावधानी अपनाउन सुझाव दिइएको छ। साथै, हुस्सु र बदलीका कारण यातायात तथा दैनिक कार्यमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved