अर्थ सहित आज चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूचीका मूख्य एजेन्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2025 | 08:05:55 AM मा प्रकाशित

laxmi sunrise bank

संघीय संसदअन्तर्गत विभिन्न चारवटा समितिका बैठकहरू आज सिंहदरबारमा बस्ने तय भएको छ। यी सबै बैठक बिहान ११ बजे सुरु हुनेछन्।

अर्थ समिति:

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ।

राज्य व्यवस्था तथा सुशासन समिति:

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन, र सेवाका सर्तसम्बन्धी विधेयकबारे छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति:

यो बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाबारे छलफल हुनेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति:

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।

यी बैठकहरूमा महत्त्वपूर्ण विधेयक र कार्यदिशाबारे छलफल हुने भएकाले संसदका सदस्य र सरोकारवालाको चासो बढेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved