ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2025 | 08:39:31 AM मा प्रकाशित

laxmi sunrise bank

पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामा लागू औषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ साढे छ बजेको समयमा ठुलो मात्रामा लागू औषधसहित माछापुच्छ्रे गाउपालिका वडा नम्बर ८ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर मा बस्ने २५ बस्ने २७ वर्षीय रामचन्द्र सुवेदीलाई पोखरा ८ आलुमाइलाचोकबाट पक्राउ गरेको हो ।

आलुमाइलाचोकमा लागू औषधको कारोवार भैरहेको सुचना पाएको प्रहरी टोलीले ग १३ प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा ठुलो मात्रामा लागू औषधसहित सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

आलुमाइलाचोकमा पक्राउ पर्दा स्कुटरमा लुकाई छिपाई राखेको अवस्थामा  अबैध लागू औषध चार सय चक्की बरामद गरेको प्रहरी टोलीले अभियुक्त सुबेदीको घरकोठाबाट दुई वटा कार्टुन र एउटा जेब्रा झोलामा लुकाई छिपाई राखेको  लेखिएको लागू औषध १७ हजार सातसय ८० चक्की र निजकै पोखरा ४ रामकृष्ण टोलस्थित कोठाबाट सोहि नामको अबैध लागू औषध दुई सय चक्की र त्चबmय–िछण्mन लेखिएको लागू औषध चारसय ६० चक्की बरामद गरिएको प्रहरीले दाबी गरेको छ ।

अभियुक्त सुबेदीबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved