माछापुछ्रे क्यापिटलको पाँचौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वको कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2025 | 12:16:53 PM मा प्रकाशित

laxmi sunrise bank

माछापुछ्रे क्यापिटलले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ। क्यापिटलले चण्डेश्वरी मार्ग, बोडे, भक्तपुर स्थित “श्री द्योमाँ जगत वृद्धाश्रम” मा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै सहयोग स्वरुप ६ थान हिटर, तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको हो। 

यस कार्यक्रममा वृद्धाश्रमका तर्फबाट वृद्धाश्रम समितिका अध्यक्ष प्रेम चन्द अदुवा श्रेष्ठ तथा मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ उपस्थित थिए। त्यस्तै, क्यापिटलका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने, तथा प्रमुख कार्यकारी अधिकृत श्री उपेन्द मालाकारका साथै कर्मचारीहरु उपस्थित थिए। 

त्यस्तै, यसै सन्दर्भमा आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सव माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ । 

माछापुछ्रे क्यापिटल माछापुछ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।   


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved