अमेरिकी डलर उच्च बिन्दुमा स्थिर, कस्तो छ अरु देशको मुद्राको आजको विनिमय दर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2025 | 07:52:33 AM मा प्रकाशित

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३५ पैसा निर्धारण गरिएको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ७५ पैसा र बिक्रीदर ८६ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ९६ पैसा र बिक्रीदर ९६ रुपियाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ६३ पैसा तोकिएको छ।

त्यस्तै,जापानी येन १० को खरिददर आठ रुपियाँ ८८ पैसा र बिक्रीदर आठ रुपियाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८७ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८६ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved