महानगर यातायातले संचालनमा ल्यायो टाटाका थप ४० वटा बस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2025 | 03:05:03 PM मा प्रकाशित

laxmi sunrise bank

महानगर यातायात प्रालिले टाटाका थप ४० वटा बसहरु संचालनमा ल्याएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विहीबारदेखि टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्षसन्तोष खतिवडाले जानकारी दिएका हुन् । उनका अनुसार नयाँ बस थपिएसंगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ । 

उनले भने,‘हाल काठमाडौंको चक्रपथमा यात्रुहरुलाई सेवा दिदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजैदेखि सचालनमा ल्याउँदैछ । नयाँ बस थपिएसंगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ । सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठज्यूको हातबाट ती बसहरुको चावी लिदै गर्दा थप जिम्मेवारीको महसुश गरेका छौं ।’

नयाँ बसहरु संचालनमा आएसंगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ । आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गर्नेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved