कोशीको वार्षिक प्रतिवेदन पेस, शासकीय स्थिरताले सरकार कमजोर रहेको दाबी

रासस

रासस

Jan 24, 2025 | 07:41:42 PM मा प्रकाशित

laxmi sunrise bank

कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ । सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रतिवेदन पेस गर्दै सो वर्ष शासकीय स्थिरताका हिसाबले सरकार निकै कमजोर रहेको बताए। उनले सो वर्षमा भएका प्रगतिलाई समेटर बनाइएको यो प्रतिवेदन सदनमा छलफल, समीक्षा र बहस हुँदा आउँदा दिनमा सरकारलाई थप ज्ञान प्राप्त हुने बताए।

सैद्धान्तिक छलफल

बैठकमा ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ माथिको  सैद्धान्तिक छलफल समाप्त भएको छ । सो विधेयक उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामकोतर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले पेस गरेका थिए।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, राधाकृष्ण खनाल र  शोभा चेम्जोङले यो विधेयकले विषादीको प्रयोग, भण्डार, बिक्रीवितरण, आयात, प्रयोगलाई व्यवस्थित गराउन मद्दत गर्ने बताए । उनले विषादी मानव जीवनलाई मात्र नभई पर्यावरणलाई पनि हानि पुर्‍याउने भएकाले यसको नियमन र व्यवस्थापनका लागि विधेयक आवश्यक रहेको चर्चा गरेका छन् ।

शून्य समय

मुलुकको समसायिक विषयमा शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोपाल विश्वकर्मा, गोम्बु शेर्पा, हिमाल कार्की, खगेश्वरी पौडेल, डोलमा तामाङ, गीतादेवी रेग्मी, निरन राई, किशोरचन्द्र दुलाल र शिलादीक्षित कार्कीले बोलेका थिए। प्रदेशसभाको अर्को बैठक माघ १३ गते दिउँसो १ बजे बस्नेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved