
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, र क्यानेडियन डलरलगायत केही मुद्राको मूल्य भने बढेको छ। केही मुद्राको भाउ स्थिर रहेको छ।
राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ ९४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा छ भने जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा तोकिएको छ।
कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७५ पैसा छ। त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर संशोधन गर्न सकिने जनाएको छ भने अद्यावधिक दर बैंकको वेबसाइटमा उपलब्ध हुने बताएको छ।