तराईमा शीतलहर र कुहिरोको प्रभाव, कस्तो छ अरु ठाउँमा आजको मौसम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2025 | 09:19:39 AM मा प्रकाशित

laxmi sunrise bank

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा मन्द शीतलहरको अवस्था देखिएको छ। बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरोले छोपिएको अवस्था छ।

तर, पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पार्न सक्ने चेतावनी महाशाखाले दिएको छ।

साथै, हुस्सु र शीतलहरका कारणले तापक्रममा गिरावट आउने र विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई स्वास्थ्यमा असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यातायातका साधन तथा हवाई उडानमा पनि कुहिरोको प्रभावले अवरोध आउन सक्ने भएकाले सम्बन्धित निकायलाई ध्यान दिन महाशाखाले अनुरोध गरेको छ। कुहिरो र शीतलहरका कारण तराई क्षेत्रमा थप चिसो महसुस भइरहेकोले स्थानिय बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved