
साताको अन्तिम कारोबार दिन बिहिबार पनि शेयर बजार घटेको छ । बुधबार ४.४५ अंकले घटेको परिसुचक नेप्से आज ११.६४ अंकले घटेर दुई हजार ६९९.८१ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज कारोबार रकम भने बढेको छ । आज ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बराबरको १ करोड ८६ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ७४ कम्पनीको शेयरमूल्य बढ्दा १६० कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज अपर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार साहस उर्जा लिमिटेडको भएको छ । कम्पनीको ३१ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।