लगातार ओरालो लागेको शेयर बजारमा झिनो अंकको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2025 | 03:11:44 PM मा प्रकाशित

laxmi sunrise bank

साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज परिसुचक नेप्से ६.४५ अंकले बढेर दुई हजार ६८३.८६ विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज ७ अर्ब २० करोड १ लाख रुपैयाँ बराबरको १ करोड ३९ लाख कित्ता शेयर खरिद विक्री भएको  छ । आज कारोबारमा आएका कम्पनीमध्ये १३४ कम्पनीको शेयरमूल्य बढ्दा ९८ कम्पनीको शेयरमूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज सिक्लेस हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार सीइडीवी होल्डिंग्स लिमिटेडको भएको छ । कम्पनीको ३५ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved