मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2025 | 07:16:24 PM मा प्रकाशित

laxmi sunrise bank

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन् । 

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलबार   ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।

मन्त्री अधिकारीले तेस्रो चरणमा  बाँकी रहेका ९१ जना सदस्यहरु छिट्टै नियुक्त गर्ने जानकारी समेत दिएका छन् । भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले दु्रतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको भनाई छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved