सरकार र ग्यास व्यवसायीबीच केहि विषयमा सहमति, १५ दिनका लागि आन्दोलन स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2025 | 02:50:38 PM मा प्रकाशित

laxmi sunrise bank

ग्यास व्यवसायीहरू र सरकारबीच भएको छलफलपछि १५ दिनका लागि आन्दोलन स्थगित गरिएको छ। सरकारसँगको वार्तामा केही मागहरू सम्बोधन गर्ने सहमति भएपछि व्यवसायीहरूले आन्दोलन तत्कालका लागि रोक्ने निर्णय गरेका हुन्।

ग्यास उद्योगी व्यवसायी महासंघ नेपाल र सरकारी प्रतिनिधिबीच भएको वार्तामा ग्यास आपूर्तिलाई सहज बनाउने, व्यवसायीहरूको समस्या समाधान गर्ने र आगामी दिनमा दुवै पक्षबीच निरन्तर संवाद गर्ने सहमति जुटेको छ। व्यवसायीहरूले लागत अनुसारको खुद्रा मूल्य निर्धारण, ढुवानी समस्या समाधान र नाफा मार्जिन बढाउने विषयमा सरकारसँग गुनासो गर्दै आएका थिए।

वार्तापछि महासंघका अध्यक्षले भने, “सरकारले हाम्रा माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। तत्कालका लागि हामी आन्दोलन स्थगित गर्छौं, तर १५ दिनभित्र ठोस कार्यान्वयन नभए पुनः आन्दोलन गर्नेछौं।”

उक्त सहमतिपछि ग्यास आपूर्तिमा कुनै अवरोध नहुने जनाइएको छ। तर, व्यवसायीहरूले तोकिएको समयसीमाभित्र माग पूरा नभए थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्।

ग्यास व्यवसायीहरुले आफुहरुले ग्यास विक्रीमा पाउँदै आएको कमिसन कम भएको भन्दै प्रती सिलिन्डर कमिसन १५० रुपैयाँले बढाउनुपर्ने माग राखेर आन्दोलनको घोषणा गरेका थिए।  सरकारले ग्यास व्यवसायीको माग कुनै हालतमा सम्बोधन गर्न नसक्ने जवाफ दिएपछि व्यवसायीले प्रति सिलिन्डर ५० रुपयाँले भएपनि कमिसन बढाउँन माग राखेका थिए। 

तर सरकारले अझैं पनि प्रति सिलिन्डर ५० रुपैयाँ कमिसन बढाउँदा त्यसको भार उपभोक्तालाई पर्ने भन्दै अहिलेलाई कमिसन बढाउँन नसकिने जवाफ दिएको थियो। नेपाल आयल निगमले गरेको एक अध्ययनले प्रति सिलिन्डर ११ रुपैयाँ भन्दा बढीले कमिसन बढाउँन नमिल्ने देखाएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved