
साताको चौथो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज परिसुचक नेप्से १.८७ अंकले बढेर दुई हजार ६८५.७३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये १३४ कम्पनीको शेयरमूल्य बढ्दा ९९ कम्पनीको शेयरमूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । कम्पनीको ३९ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।