
सुरक्षित इन्टरनेटको उपयोगबारे सचेतना फैलाउने उद्देश्यले वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाएको छ। फेब्रुअरी महिनाको दोस्रो मंगलबार हरेक वर्ष मनाइने यस दिवसको यस वर्षको मूल नारा"Together For a Better Internet"रहेको थियो।
नेपाल सरकारको सूचना प्रविधि विभाग र वर्ल्डलिंकको सहकार्यमा आयोजित कार्यक्रममा डिजिटल साक्षरता, समावेशिता र सुरक्षित इन्टरनेट प्रयोगको महत्त्वमा दुई वटा सत्रमा छलफल भएको थियो। सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले सरकारले सुरक्षित इन्टरनेटका लागि कानूनी र नीतिगत व्यवस्थामा सुधार गर्न काम गरिरहेको बताए।
वर्ल्डलिंककी अनुपा भण्डारी जलानले बालबालिका र युवामा साइबर अपराधको जोखिम बढेको भन्दै वर्ल्डलिंकले तीन वर्षमा १ सय ३३ विद्यालयका १० हजार विद्यार्थीलाई इन्टरनेट सुरक्षा बारे शिक्षा दिएको जानकारी दिइन्। साथै, वर्ल्डलिंकका सीईओ केशव नेपालले सुरक्षित इन्टरनेटका लागि सरकारी र निजी क्षेत्रको सहकार्य आवश्यक भएको बताए।
साइबर सुरक्षा विशेषज्ञ र सहभागीहरूको सक्रिय सहभागितासँगै यस कार्यक्रममा डिजिटल सुरक्षा र साइबर अपराधविरुद्ध कडा कानूनी व्यवस्थाको आवश्यकता औंल्याइएको छ।