काठमाडौंको चन्द्रागिरी केबलकारले महाशिवरात्रिको अवसरमा बुधबार सबै भक्तजनहरुलाई केवलकारमा छुट दिने भएको छ ।
महाशिवरात्रिको दिन अपरान्ह ४ बजेपछि चन्द्रागिरीको केबलकारमा ५० प्रतिशत छुट हुने भएको हो ।
चन्द्रगिरीमा बुधबार पूरा भक्तिमय भजन हुने भएको छ । साँझ ५ बजे महाआरती हुनेछ । केबलकार राति ९ बजेसम्म चल्ने चन्द्रागिरी हिल्सले जनाएको छ।