एकै पटक धेरैले घट्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालका उपभोक्तालाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2025 | 09:22:59 PM मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएकाले पेट्रोलियम पदार्थको मूल्य घटाईएको निगमले जनाएको छ। 

निगमकाअनुसार, पेट्रोल लिटरमा पांच रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा चार रुपैयाँले घटेको छ। घटेको मूल्य आजैदेखि लागू हुने निगमले जनाएको छ। 

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य पहिलो वर्गका क्षेत्रहरूमा १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६२ रुपैयाँ र तेस्रो वर्गमा १६३ रुपैयाँ पुगेको छ। भने,  डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा रु.१४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा रु. १५० र तेस्रो वर्गमा रु. १५१  कायम गरिएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उतारचढाव भइरहे पनि नेपालमा लगातार इन्धनको मूल्यमा गिरावट भइरहेको छ । जसले उपभोक्ताहरूलाई राहत मिलेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved