प्रहरीले करिब २० करोड रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले टोखा नगरपालिका–१, झोर क्षेत्रबाट गए राति उक्त रकमसहित पक्राउ गरेको हो।
प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्रा बरामद गरिएको छ।
ना१ख १६५२ नम्बरको ट्रकमा लुकाइ राखिएको उक्त रकम प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन।
प्रहरीले बरामद रकम अवैध रूपमा सञ्चालित कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गर्दै थप अनुसन्धान अघि बढाएको छ।