सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको स्रोतले जनाएको छ।
मन्त्रिपरिषदको बैठक बस्नुअघि तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका अध्यक्षहरु क्रमश: शेर बहादुर देउवा, केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डको संयुक्त बैठक बसेको थियो।
सो बैठक पश्चात बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको हो।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।
चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो।