कुलमानलाई हटाएर हितेन्द्रदेवलाई नियुक्त गरिएको निर्णय सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2025 | 05:50:53 PM मा प्रकाशित

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुङले प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । 

उनले भने,‘ हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देश कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।’

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved