आर्थिक मामिला सहित आज तीन संसदीय समितिको बैठक बस्दै, के के छन् एजेन्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2025 | 08:36:14 AM मा प्रकाशित

nepal oil ltd

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ ।  मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको ७० औँ बैठक दिनको २ः३० बजे सिंहदरबारमा बस्ने भएको हो ।   

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल गरिने कार्यसूची रहेको छ ।  यस्तै, आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । खानेपानी मन्त्री प्रदिप यादवको उपस्थितीमा विहान ११ बजे बैठक बस्न लागेको हो । 

सिंहदरबारमा बस्ने बैठकमा खानेपानी, सरसफाइ र स्वच्छताका सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारवाही ÷कार्यप्रगति र अगामी आर्थिक वर्षको  बजेट÷कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेका छलफल गरिने कार्यसूची रहेको छ । 

यसैगरी आज विधायन व्यवस्थापन समितिको ६३ औँ बैठक बस्ने भएको छ । सिंहदरवारमा अपराह्न १ बजे बस्ने बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने छ । 

  

  


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved