रामदा एन्कोर र इम्प्याक्ट येसबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2025 | 06:13:44 PM मा प्रकाशित

nepal oil ltd

नेपाली आतिथ्य उद्योगमा नेतृत्व विकासको दिशामा ऐतिहासिक कदम चाल्दै, रामदा एन्कोर काठमाडौं र अमेरिका मुख्यालय भएको अन्तर्राष्ट्रिय नेतृत्व विकास संस्था इम्प्याक्ट येसबीच आज औपचारिक सहकार्य सम्पन्न भएको छ।

उच्चस्तरीय सेवा अनुभव, कर्मचारी सशक्तीकरण र अन्तर्राष्ट्रिय स्तरको नेतृत्व मापदण्ड स्थापनालाई केन्द्रमा राखेर गरिएको यो सहकार्यले नेपाली हस्पिटालिटी क्षेत्रलाई दीर्घकालीन परिवर्तनतर्फ अग्रसर गराउने विश्वास लिइएको छ।

सम्झौताअनुसार, इम्प्याक्ट येसले मनोविज्ञानमा आधारित व्यवहारिक तालिम, नेतृत्व सक्षमता विकास र अतिथि(केन्द्रित कार्यशैलीका अन्तर्राष्ट्रिय विधिहरू रामदा एन्कोर काठमाडौंमा कार्यान्वयनमा ल्याउनेछ।

रामदा एन्कोर काठमाडौंका प्रबन्ध निर्देशक महेश फुयालले भने, “हामीलाई थाहा छ कि आतिथ्य सेवाको मुटु मानव सम्बन्ध हो। नेतृत्व विकासमा गरिएको यो लगानीले हाम्रो टोलीलाई अझ प्रेरित, सक्षम र जिम्मेवार बनाउनेछ।”

इम्प्याक्ट येसका सह(संस्थापक कोविद पन्थीले बताए, “भविष्यको नेतृत्वमा सहानुभूति, उद्देश्य र अनुकूलनशीलता आवश्यक हुन्छ। यो सहकार्यले नेपालका आतिथ्य पेशेवरहरूलाई विश्व प्रतिस्पर्धामा अग्रस्थानमा पुर्याउनेछ।”

जर्मनीका सह–संस्थापक किम बाडेनले थपे, “प्रभावकारी नेतृत्व सम्बन्धमा आधारित हुन्छ। यो सहकार्यमार्फत हामी रामदा एन्कोरको आतिथ्य दर्शनलाई अझ मजबुत बनाउनेछौं।”

इम्प्याक्ट येसले श्रीलंका र संयुक्त अरब इमिरेट्सतर्फ विस्तारको योजना बनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved