लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग निर्माणको काम ८० प्रतिशत सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2025 | 02:57:20 PM मा प्रकाशित

nepal oil ltd

सोलुखुम्बुको एभेरष्ट ट्रेकिङ ट्रेल अन्तरगत लार्चा दोभानदेखि नाम्चेसम्मको ट्रेकिङ मार्गको स्तरोन्नतिको कामले गति लिएको छ । नाम्चे टोल विकास समितिका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाका अनुसार यो वर्ष तीन सय मिटर मात्रै बाटोको काम भइरहेको र त्यो ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । 

उनले भने, ‘बाटो निर्माणका लागि पर्यटन विकास आयोजना अन्तरगत प्रदेशबाट प्राप्त ३३ लाख बजेट छुट्याएको छ । यसपालि ३०० मिटर मात्रै बाटो बन्ने छ भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

पर्यटकहरुलाई पैदल यात्राको सहजताकोे लागि लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग स्तरोन्नती गर्ने क्रममा ढुङ्गा छाप्ने कार्य भइरहेको छ । सगरमाथा आधार सिबिर जाने बाटोे तोपडाँडामा मजदुरहरुले ढुंगाको सिढि बनाउने काम गर्दैछन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved