गृह र अर्थमन्त्री राखेर ओली र देउवाको छलफल : सरकारको आयूदेखि गभर्नर नियुक्तिसम्मको चर्चा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2025 | 08:50:17 AM मा प्रकाशित

nepal oil ltd

प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ। भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्। 

नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको मन्त्री पौडेलले बताए। उनकाअनुसार भेटवार्तामा सत्ता सहकार्यलाई थप मजबुत बनाएर अघि बढ्ने तथा असहमतीका बिषयलाई सम्बादबाटै अघि बढाउनेबारे पनि छलफल भएको छ। 

छलफलमा बिशेषगरि अहिले जारी शिक्षकको आन्दोलनलाई सम्बोधन गर्ने, पेचिलो बन्दै गईरहेको गभर्नर नियुक्ति प्रकृयालाई टुंगोमा पुर्याउने र सरकार जुनै बेला ढल्न सक्छ भन्ने भ्रमलाई चिर्ने जस्ता बिषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार, कांग्रेस सभापति देउवाले आफु थाइल्याण्डमा उपचारको लागि जानुअघि नै गभर्नर नियुक्ति टुंगोमा पुर्याउन प्रस्ताव गरेका थिए भने प्रधानमन्त्री ओलीले गभर्नर सिफारिस समिति सदस्यले राजिनामा दिएकाले अर्को ब्यक्तीलाई सदस्य नियुक्ति गर्ने बित्तिकै प्रकृया अघि बढ्ने जवाफ दिए। 

पछिल्लो समय प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सरकारको ढल्ने दाबी गरेपछि सरकारको आयुलाई लिएर प्रश्न उब्जिएको हो। कांग्रेस सभापति देउवा थाइल्याण्ड भ्रमणबाट फर्केपछि कांग्रेसको नेतृत्त्वमा नयाँ सकार गठन हुने प्रचण्डको दाबी छ। 

त्यस्तै, शिक्षक आन्दोलनलाई प्रमुख प्रतिपक्ष दलहरुले सरकारको आलोचनाको एउटा महत्त्वपूर्ण अश्त्र बनाएको भन्दै यो बिषयमा बढी संबेदनशील भएर  यसको निकास खोज्नु पर्नेमा ओली र देउवाबीच छलफल भएको बताइएको छ। 

सो छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved