राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइनः प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2025 | 02:09:13 PM मा प्रकाशित

nepal oil ltd

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभैई इमानको राजनीति गर्ने बताएका छन् । आइतबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले इमान, सत्य र सामाजिक परिवर्तनको लागि राजनीति गरेको बताएका हुन् । 

‘हामी सचेत छौँ । हामीले इमानको राजनीति गर्ने हो, सत्यको राजनीति गर्ने हो । भ्रष्टाचारको राजनीति हैन, पैसा कमाउनको लागि, पदको दुरुपयोग गर्नको लागि, आफन्तको बन्दोबस्थ गर्नको लागि, आफ्ना मान्छे जागिर खुवानको लागि हैन । सामाजिक परिवर्तनको लागि प्रयास गरिरहेका छौँ भन्ने कुरा हामीले कहिलेपनि हेक्का छोड्नुहुँदैन,’ उनले भने । 

मदन भण्डारीलाई सम्झँदै उनले मदन भण्डारी फाउण्डेशनले जनताको बहुदलीय जनबादलाई प्रक्रिदै ढृणताका साथ अघि बढ्ने बताए । उनले फाउण्डेशनले मदन भण्डारीको विचारलाई जोगाइराख्ने बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved