
नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। शनिबार साँझ पक्राउ परेकी राईलाई आइतबार अदालत पेश गरी थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिइएको हो। उनलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ठूलो रकम अपचलन गरेको आरोप छ। सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले उनीसहित पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा सहसचिव पदमा कार्यरत रहँदा ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको अभियोग लागेको छ।