१७ अर्बको अवैध कारोबार गर्ने २१ जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2025 | 05:41:42 PM मा प्रकाशित

nepal oil ltd

१७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको अभियोगमा २१ जना आरोपीलाई प्रहरीले पक्राउ गरेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले विभिन्न ११ जिल्लाबाट उनीहरूलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

सीआईबीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीका अनुसार पक्राउ परेका अभियुक्तहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरेका छन्। पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह, दीपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका निरोजकुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जिवकुमार महतो लगायत छन्।

त्यस्तै पर्साका प्रदीपकुमार साह, नवलपरासीका राजकमल लोनिया, भीमकुमार गुरुङ, सप्तरीका रामविलास साह तेली, ममता कुमारी, पर्साका बिकर्णजंग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जकी सलमा खातुन, सप्तरीकी सुशीलाकुमारी साहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरीका शम्भु मेहता पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छलीमा संलग्न रहेको समूहले प्राप्त अवैध रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा जम्मा गराउँदै आएका थिए। साथै, नगद रकम खातामा प्लेसमेन्ट गरेर त्यसलाई रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरमार्फत इ–मनी बनाएर कारोबार गरिएको प्रहरीको दाबी छ।

सीआईबीले अनुसन्धानलाई थप तीव्र बनाउँदै अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य समेत अगाडि बढाएको जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved