भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2025 | 03:54:17 PM मा प्रकाशित

nepal oil ltd

नेपालको भन्सार प्रणालीलाई सुधार र आधुनिकीकरण गर्ने लक्ष्यसहित तयार पारिएको भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको संसद्को बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पेश गरिएको विधेयक पारित गर्दै भन्सार प्रणालीमा नयाँ कानुनी ढाँचा तयार गर्ने प्रक्रियालाई अघि बढाएको हो ।

विधेयकको प्रारम्भिक मस्यौदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले अघि सारेको थियो । त्यसलाई २०८० असोज १८ मा तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधिसभामा पेश गरेका थिए । त्यसपछि विधेयक २०८० चैत १८ मा अर्थ समितिमा पठाएर दफावार छलफल गरिएको थियो ।

विधेयक अर्थ समितिबाट सर्वसम्मत रुपमा पारित भएपछि २०८१ वैशाख १४ मा पुनः प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो । सोमबारको बैठकले विधेयक पारित गरेसँगै अब यो प्रक्रिया राष्ट्रिय सभामा प्रवेश गर्नेछ । राष्ट्रिय सभाबाट पनि स्वीकृति पाएपछि प्रतिनिधिसभामा फर्काइने र त्यसपछिमात्रै सभामुख देवराज घिमिरेमार्फत राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइने प्रक्रिया रहनेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved