नेपालमा सुरु भयो ‘एयरएटिस’ सेवा, डिजिटल प्लेटफर्मबाट भण्डारण र डेलिभरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2025 | 05:04:05 PM मा प्रकाशित

nepal oil ltd

भारतको प्रतिष्ठित स्मार्ट स्टोरेज मार्केटप्लेस ‘एयरएटिस’ले अब नेपालमा पनि आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेका छन्। होटल एम्बेसडर, लाजिम्पाटमा आयोजित एक कार्यक्रममार्फत कम्पनीले नेपाली बजारमा प्रवेशको घोषणा गरेका हुन्।

अब नेपालका प्रयोगकर्ताहरूले अस्थायी भण्डारण, पुनःस्थानान्तरण, डेलिभरी तथा अन्य लजिस्टिक सेवाहरू घरबाटै डिजिटल प्लेटफर्ममार्फत प्रयोग गर्न सक्ने छन्। विशेषगरी व्यवसाय तथा यात्रुहरूका लागि लक्षित गरी डिजाइन गरिएको एयरएटिसले नेपालमा बढ्दो भण्डारण आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

कम्पनीका संस्थापक आदित्य कालेले सेवा सुरु गर्दै भने, “भारतीय उपमहाद्वीपमा भण्डारण प्रमुख समस्या हो, नेपालमा पनि त्यस्तै समस्या देखिएको छ। त्यसैले हामीले यहाँ पनि सेवा सुरु गरेका हौं। अहिले काठमाडौंमा सिमित यो सेवा छिट्टै पोखरा र वीरगञ्ज जस्ता प्रमुख शहरहरूमा विस्तार गर्ने योजना छ।”

काले पेशाले इन्जिनियर हुन् र उनीसँग १२ वर्षभन्दा बढीको लजिस्टिक्स तथा आपूर्ति सञ्जालको अनुभव छ। 

‘एम आइडिया टु एजिएसयूएन – वाट मेक्स अ स्टार्टअप स्ट्यान्ड आउट ?’ शीर्षकमा आयोजित प्यानल छलफल कार्यक्रममा नेपालका लजिस्टिक्स र स्टार्टअप क्षेत्रका विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो। छलफलमा ८८ कलेक्टिभका संस्थापक टीका अर्याल, उपाय सिटी कार्गोका संस्थापक सुमन रायमाझी, दराज नेपालका मुख्य लजिस्टिक अफिसर सन्तोष बिट, मेरो स्टोरेजका संस्थापक समय गिरि र एयरएटिसका संस्थापक आदित्य काले सहभागी थिए।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved