नेपाल बैंकमा ३ सय ९६ जनालाई अवसर, प्लस टु पासले पनि आवेदन दिन पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 02, 2018 | 12:09:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले एकै पटकठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले सहायक प्रबन्धक, सहायक र कनिष्ट सहायक गरी कुल ३ सय ९६ जना कर्मचारी माग गरेको हो । 

बैंकले सहयाक प्रबन्धकमा ७८ जना, सहायक प्रबन्धक आईटीमा २ जना कर्मचारी माग गरेको हो । यसमा आवेदन दिन मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातकोत्तर उतिर्ण गरेको हुनु पर्ने छ । आइटीको हकमा भने  सूचना प्रविधिमा बि.सि.ए., बि.सि.आई.एस.,  बि.आई.टी. ,बि.आई.एम ,बि.एस्सी. सि.एस.आई.टी, बि.बि.आर्इ .एस., इन्जिनियरिङ इन कम्युटरमा न्यूनतम स्नातक दोश्रो श्रेणी उतिर्ण गरी सम्बन्धित क्षेत्रमा १ बर्षको अनूभव भएको हुनु पर्ने छ। 

त्यस्तै सहायक पदको लागि प्रदेश १ मा ४१ जना, २ मा ५१, ३ मा ५८, ४ मा ३४, ५ मा ४३, ६ मा २० र ७ नम्बर प्रदेशमा २० जना माग गरिएको छ । मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थ शास्त्र (मानविकी) मा न्यनतम स्नातक उतिर्ण गरेकोले यसमा आवेदन दिन पाउने छन् । 

कनिष्ट सहायकमा प्रदेश १ र २ मा समान ९ -९ जना, ३ मा १५ , ४ मा ५ जना, ६ मा ३ जना र ७ मा ३ जना माग गरिएको छ । यसमा मान्यताप्राप्त संस्थाबाट वस्थापनमा प्रमाण पत्र तह  (द्वितीय श्रेणी)मा उतिर्ण गरेकोले आवेदन दिन पाउने छन् ।  इच्छुकले मंसिर ६ गतेमित्र अनलाइमार्फत आवेदन दिनु पर्ने छ।  

आवेदन दिने तरिका र अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved