नेपाली सेनामा ८ हजार बढी कर्मचारी माग, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 11:15:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले विभिन्न पदमा एकैपटक ८ हजार १०२ जना कर्मचारी माग गरेको छ । देशभरका २९ वटा केन्द्रमार्फत लेखा जमदार कर्मचारी, मेडिकल, सिग्नल, ड्राइभर, वाद्यवाधक, कुचीकार, सूचीकार, धोबी, सयस, सिकर्मी, माली, अमल्दार कर्मचारी, केशकर्तक, सहायक पण्डित लगायतका पदमा कर्मचारी माग गरेको सेनाले सैन्य सेवाका लागि मात्रै ७ हजार ६३५ जना कर्मचारी माग गरेको छ । 

योग्यता पुगेका नेपाली नागरिकले वैशाख तीन गतेदेखि जेठ एक गतेसम्म आवेदन दिन सक्नेछन् । लेखा जमदार पदका लागि न्यूनतम प्लस टु उत्तीर्ण गरेको हुनु पर्नेछ । सहायक पण्डितको लागि कर्मकाण्ड विषयमा तीन सय पुर्णाङ्कको संस्कृत विषय लिई प्रवेशिका परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । 

अमल्दार कर्मचारीको लागि एसएलसी उत्तीर्ण गरेको हुनु पर्नेछ । सैन्य, ड्राइभर, वाद्यवाधकको लागि ८ कक्षा उत्तीर्ण गरेको भए पुग्ने सेनाले जनाएको छ ।

हेर्नोस् सूचनाः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved