खुल्यो स्थानीय तहको लागि लोकसेवाको बिज्ञापन, घरमै बसी बसी यसरि दिनुहोस आबेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 04:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कर्मचारी भर्ना आबेदन खुलाएको छ। स्थानीय तहका रिक्त पदहरुको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको लोकसेवा आयोगले जनाएको छ। 

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ जेठ ६ को निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत प्राप्त स्थानीय तहका रिक्त पदहरुको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आब्हान गरिएको जनाइएको छ। 

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली http://psconline.psc.gov.np/ मार्फत आवेदन दिनुपर्नेछ । प्रतियोगितात्मक परीक्षावाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिनेछ ।  यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्। सेवाका शर्त र तलव तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानून बमोजिम हुनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश लोकसेवा आयोग गठन नहुञ्जेलसम्म केन्द्रले कर्मचारी भर्ना गर्ने भएकोले   स्थानीय तहमा आवश्यक कर्मचारीका लागि विज्ञापन गरिएको बताएका छन। उनले आउने आर्थिक वर्षदेखि कर्मचारीको अभाव नहुने जिकिर गरेका छन। 

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सरकारले गरेको सिफारिस अनुसार प्रशासन र प्राविधिक पदका चौथो, पाँचौ, छैटौँ र नवौं तहमा विज्ञापन गरिएको बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved