गृहमन्त्रालयले माग्यो २ हजार कर्मचारी, एसएलसी पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 06:21:27 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्रालय विभिन्न पदमा झाडी २ हजार कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ हजार ९ सय ८९ जना कर्मचारी माग गरेको हो । 

विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण  आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि दरखास्त आह्वान गरेको हो । जसमध्ये विभागले एमआईएस अपरेटर ९९४ जनाको माग गरेको छ भने फिल्ड सहायकका लागि ९९५ जना  माग गरेको छ । 

एमआइएको लागि कम्प्युटर विषय लिई पल्स टु उतिर्ण गरेको हुनु पर्ने छ भने फिल्ड सहायकको लागि एसएलसी मात्र भए पुग्छ।  विभागको वेबसाइट बाट नै भदौ ३१ गते सम्म आवेदन दिई सक्नु पर्ने छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved