स्टक डिलर कम्पनीले माग्यो २ जना शेयर विश्लेषक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 09:18:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलर कम्पनीले शेयर विश्लेषकको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एक जना आधारभूत विश्लेषक (फण्डमेन्टल एनलिस्ट ) र एक जनाको प्राविधिक विश्लेषक (टेक्निकल एनलिस्ट) माग गरेको हो 

कम्पनीले करार सेवामा रहने गरी यी विश्लेषक माग गरेको हो । कम्पनीले इच्छुक तथा योग्य आवेदकलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । 

स्टक डिलरले नेपाल धितोपत्र बोर्डबाट कार्य सुरु गर्ने अनुमति पाईसकेको छ भने सिडीएसबाट क्लियारिङ मेम्बरको रुपमा सदस्यता लिएपछि कम्पनीले कार्य थाल्ने छ । यद्यपि अहिले पनि कम्पनीले ब्रोकरहरु मार्फत शेयर किनबेच गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved