स्टक डिलर कम्पनीले माग्यो ७ कमर्चारी, के के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 08:57:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलर कम्पनीले विभिन्न पदमा  थप ७ जना कर्मचारी माग गरेको छ । कम्पनीले एक जना बरिष्ठ अधिकृत (प्रशासन  समुह), १ जना अधिकृत (लेखा समुह)  १ जना सूचना प्रविधि अधिकृत र  ४ जना प्रधान सहयम (प्रशासन समुह) मा कर्मचारी माग गरेको हो 

कम्पनीले योग्य तथा इच्छुक आवेदकहरुलाई १५ दिनभित्र कार्यालय समयमा आवेदन दिन आग्रह गरेको छ । कम्पनीले बरिस्ठ अधिकृत पदको लागि आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट ब्यबस्थापन, वा वाणिज्य शास्त्र वा अर्थशास्त्रमा स्नातकोत्तर वा सो सरह कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको, र नेपाल सरकार÷संगठित संस्था वा पुँजीबजारसँग सम्बन्धित संस्थामा छैटौँ तह वा सो सरहमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव हासिल गरि कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनु पर्ने उल्लेख गरेको छ । 

अधिकृत पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ब्यबस्थापन वा वाणिज्य शास्त्रमा कम्तीमा दोस्रो श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको  र नेपाल सरकार÷संगठित संस्था वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कम्तीमा २ वर्ष काम गरेको अनुभव हासिल गरि कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनु पर्ने उल्लेख गरेको छ । 

सूचना प्रविधि अधिकृत पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङ वा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरि नेपाल सरकार ÷संगठित संस्था वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कम्तीमा दुई वर्ष काम गरेको अनुभव भएको हुनु पर्ने उल्लेख गरेको छ । 

त्यस्तै प्रधान सहायक पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको र नेपाल सरकार÷संगठित संस्था वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कम्तीमा दुई वर्ष काम गरेको अनुभव भएको साथै उच्च माध्यमिक तह (+२) वा स्नातक तहमा १०० पूर्णाङ्कको कम्प्युटर विषय उत्तीर्ण गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ६ महिनाको कम्प्युटर तालिम प्राप्त गरेको हुनु पर्ने छ । 

कम्पनीले पुँजीबजारसँग सम्बन्धित संस्थामा धितोपत्र खरिद बिक्री कारोबारमा संलग्न भई कार्य गरेको अनुभवलाई विशेष ग्राह्यता दिइने जनाएको छ । निवेदन दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेकोले आवेदन दिन सकिने कम्पनीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved