नेपाल भाषा सिकाउन काठमाडौँ महानगरले माग्यो १७२ जना प्रशिक्षक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 09:57:28 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरले नेपाल भाषाको प्रशिक्षण गराउनको लागि १७२ जना प्रशिक्षण सहायक माग गरेको छ  । महानगरले काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित  सामुदायिक  विद्यालयहरूको  आधारभूत  तह  (कक्षा  १–८)  मा  नेपाल  भाषा  (स्थानीय  विषय) प्रशिक्षण गर्न प्रशिक्षण सहायकहरू माग गरेको हो । उनीहरुले महानगरको आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने छन् ।

महानगरले करार सेवामा प्रशिक्षण सहायकहरू नियक्त गर्न लागेको हो । आवेदन दिन योग्य हुनको लागि १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको, मानसिक अवस्था ठीक भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको, कम्तीमा एस.ई.ई. वा सो सरह उत्तीर्ण भएको हुनु पर्ने महानगरले उल्लेख गरेको छ ।

त्यस्तै नेपाल भाषा संरक्षण र सम्बद्र्धन गर्ने दर्तावाल संस्थाले नेपाल भाषा बोल्न, लेख्न र प्रशिक्षण गर्न योग्य छ भनी दिएको सिफारिस पत्र पनि चाहिने भएको छ । त्यस्तै  न्यूनतम एक वर्ष शिक्षण अनुभव भएका नेपाल भाषा बोल्न, लेख्न सक्ने व्यक्तिको हकमा उमेरको हद लाग्ने छैन।

नेपाल भाषा विषयमा न्यूनतम शैक्षिक योग्यता हासिल गरेका महानगरवासी व्यक्तिलाई ग्राह्यता दिइने महानगरले जनाएको छ। महानगरले इच्छुक तथा योग्य आवेदकलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved