साधना लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 04:40:21 PM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले बुधबार एक सूचना प्रकाशित गर्दै फागुन ११ गतेसम्म योग्यता पुगेकाले दरखास्त दिन सक्ने जनाएको छ । 

उक्त सूचना अनुसार दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता दिईने जनाईएको छ । 

गोरखा जिल्लाको गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको उक्त लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  

हेर्नुहोस सूचना : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved