त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ५८८ जनाको लागि जागिर खुलायो, कसरी दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 09:37:14 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न पदमा गरि कुल ५ सय ८८ जनाको लागि जागिर खुलाएको छ । आयोगले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा गरि कुल ५ सय ८८ जनाको लागि जागिर खुलाएको हो । 

आयोगले  खुलातर्फ १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। आयोगले आयोगको वेबसाइट मार्फत फारम भर्न आग्रह गरेको छ । आवेदन दिनको लागि चैत १४ गतेसम्मको समय तोकेको छ।  

आयोगले दरखास्त फाराम भर्दा निम्न अनुसार गर्न आग्रह गरेको छ ।

(क) आयोगको वेवसाइट online application लिङ्कमा मा Click गरेपछि प्राप्त हुने स्क्रिनमा देखिने Window को दाँया पट्टिको माथिल्लो भागमा Registration मा Click गर्नुहोस । Registration गरेपछि User ID प्राप्त हुने छ । आवेदनकर्ताहरुलाई अनिवार्य रुपमा आफ्नो व्यक्तिगत इमेल र फोन नं. मात्र प्रयोग गर्नु हुन अनुरोध छ ।

(ख) User ID र Password प्रयोग गरी आफुले भर्ने फारममा प्रवेश गर्न सकिन्छ ।
(ग) एक भन्दा बढी विज्ञापनमा दरखास्त दिंदा, दरखास्त दस्तुर भुक्तानी गर्दा तथा प्रवेश पत्र लिंद यही User ID/Password प्रयोग गर्नु पर्ने भएको ले User ID र Password सुरक्षित राख्नुहोस् ।
(घ) Advertisement List बाट आफुले दरखास्त दिने विज्ञापन र पदमा Apply बटनमा Click गर्नुहोस् ।
(ङ) Window मा भएका सबै फिल्डमा भर्नुपर्ने विवरण भर्नुहोस् ।
(च) विवरण भर्दा आफ्नो प्रयोगमा रहेको ईमेल र फोन नम्बर राख्नुहोला । यसपछिका सबै सूचनाहरू यही ईमेल र फोन मार्फत दिइने छ ।
(च) आवेदन दस्तुर Document हरु Verify पश्चात् Email मार्फत जानकारी गराइने छ ।
(छ) उपरोक्त प्रक्रिया पश्चात् बुझाउनुपर्ने परीक्षा दस्तुर प्राप्त निर्देशन बमोजिम Portal मा अंकित कुनै एक Online सेवा मार्फत भुक्तानी गर्नुपर्ने छ ।
(ज) भुक्तानी भैसकेको रकम फिर्ता हुने छैन ।
(झ) उपप्राध्यापकको लिखित परीक्षा हुनुभन्दा केही दिन अघि मात्र आफ्नो login portal बाट प्रबेशपत्र Print गर्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved