सालपा विकास बैंकमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 08:48:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सालपा विकास बैंकले विभिन्न पदमा नयाँ कर्मचारी माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि नयाँ कर्मचारी माग गरेको हो 

जस अनुसार बैंकले ४ जना अधिकृत (छैठौ तह), १ जना सूचना प्रविधि अधिकृत (छैठौ तह) , बरिष्ठ सहायक र कार्यलय सहयोगी माग गरेको हो । बैंकले अधिकृत (छैठौ तह)को लागि स्नातक तह उतिर्ण गरेको उतिर्ण गरको हुनु पर्ने तथा सूचना प्रविधि अधिकृत (छैठौ तह) को लागि समबन्धित विषयमा स्नातक तह उतिर्ण गरेको हुनु पर्ने उल्लेख गरेको छ 

त्यस्तै बरिष्ठ सहायकको लागि प्लस टु पास गरेको तथा कार्यालय सहयोगीको लागि ८ पास गरेको हुनु पर्ने बैंकले जनाएको छ । बैंकले उल्लेखित योग्यता पुरा गरेका र १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने जनाएको छ । महिलाको हकमा भने अधिकतम उमेर ४० वर्ष कायम गरिएको छ । बैंकले १५ दिन भित्र आवेदन दिनु पर्ने जनाएको छ 

बैंकको कार्यक्षेत्र खोटांङ जिल्ला मात्र हो  बैंकले खोटाङमा ३ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ  नेपाल राष्ट्र बैंकले सालपलाई २०६९ सालमा लाइसेन्स दिएको हो ।  

 हाल बैंकको चुक्ता पुँजी १० करोड छ  बैंकले २५ करोड संस्थापक शेयरको लागि विभिन्न पक्षसँग सम्झौता गरिसकेको छ । सम्झौता अनुसारको रकम आएमा बैंकको चुक्ता पुँजी ३५ करोड पुग्ने छ ।  बैंकको चुक्ता पुँजी ३५ करोड भएपछि १५ करोड बराबरको आईपिओ निष्काशन गर्ने छ । सर्बसाधारणलाई १५ करोडको आईपिओ बिक्रि गरेपछि बैंकको चुक्ता पुँजी ५० करोड पुग्ने छ । राष्ट्र बैंकको नियम अनुसार एक जिल्ले कार्यकक्षेत्र भएका विकास बैंकले ५० करोड चुक्ता पुँजी पुर्याउनु पर्नेहुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved