राष्ट्रिय सहकारी बैंकले माग्यो ६३ कर्मचारी, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 09:47:08 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सहकारी बैंकले विभिन्न पदमा गरि कुल ६३ नयाँ कर्मचारी माग गरेको छ । बैंकले अधिकृत (कानुन) पदमा १ जना, सहायक अधिकृत (बैंकिंग ब्यबसाय) पदमा ११ जना, सहायक अधिकृत (सूचना प्रविधि) पदमा १ जना, बरिष्ठ सहायक (सूचना प्रविधि) पदमा २ जना, कनिष्ठ सहायक (बैंकिंग ब्यबसाय) पदमा ४५ जना र कनिष्ठ सहायक (सूचना प्रविधि) पदमा ३ जना गरि कुल ६३ कर्मचारी माग गरेको हो ।

बैंकले इच्छुक तथा योग्य आवेदकलाई चैत्र १८ गते भित्र आवेदन दिन आग्रह गरेको छ । बैंकले यी सबै कर्मचारीहरुलाई स्थायी रुपमा नियुक्त गर्न लागेको हो ।

बैंकले अधिकृत र सहायक अधिकृत पदको लागि आवेदन दिन २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको , बरिष्ठ सहायक र कनिष्ठ सहायकको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, र महिला उम्मेदवारको लागि ४० वर्ष ननाघेको हुनु पर्ने जनाएको छ ।

अधिकृत (कानुन)को लागि कानुन विषयमा स्नातक गरि बैंक तथा वित्तीय संस्थाको कानुन विभागमा ३ वर्ष काम गरेको हुनु पर्ने, सहायक अधिकृत (बैंकिंग ब्यबसाय) को लागि स्नातकोतर वा स्नातक गरि  बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको हुनु पर्ने, सहायक अधुकृत (सूचना प्रविधि) को लागि आइटी विषयमा स्नातकोतर गरि  बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको हुनु पर्ने, बरिष्ठ सहायक (सूचना प्रविधि ) को लागि आइटी विषयमा स्नातक वा प्लस टु उतिर्ण गरि  बैंक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेको हुनु पर्ने बैंकले उल्लेख गरेको छ ।

त्यस्तै कनिष्ठ सहायक (बैंकिंग व्यवसाय) को लागि ब्यबस्थापन विषयमा प्लस टु उतिर्ण गरेको तथा कनिष्ठ सहायक (सूचना प्रविधि)को लागि कम्प्युटर विषयमा प्लस टु गरेको हुनु पर्ने छ । 

बैंकले बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन आग्रह गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved