सालपा विकास बैंकमा रोजगारीको अवसर, एक दर्जन कर्मचारी माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 09:16:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सालपा विकास बैंकले विभिन्न पदमा नयाँ कर्मचारी माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि नयाँ कर्मचारी माग गरेको हो 

जस अनुसार बैंकले २ जना अधिकृत (छैठौ तह), १ जना बरिष्ठ सहायक (आईटी) , २ जना बरिष्ठ सहायक, १ जना सहायक र २ जना कनिष्ट सहायक (तेस्रो) माग गरेको हो । त्यस्तै बैंकले लघुवित्ततर्फ १ जना सहयक (चौथो) र ३ जना कनिष्ट सहायक (तेस्रो) माग गरेको छ । 

बैंकले अधिकृत (छैठौ तह)को लागि स्नातक तह उतिर्ण गरेको उतिर्ण गरको हुनु पर्ने उल्लेख गरेको छ । त्यस्तै बरिष्ठ सहायक र सहायकमा आवेदन दिन प्लस टु तह र कनिष्ट सहायकको लागि एसईई तह उतिर्ण गरेको हुनु पर्ने छ । 

बैंकले उल्लेखित योग्यता पुरा गरेका र १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने जनाएको छ । महिलाको हकमा भने अधिकतम उमेर ४० वर्ष कायम गरिएको छ । बैंकले १५ दिन भित्र आवेदन दिनु पर्ने जनाएको छ 


बैंकको कार्यक्षेत्र खोटांङ जिल्ला मात्र हो  बैंकले खोटाङमा ३ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ  नेपाल राष्ट्र बैंकले सालपलाई २०६९ सालमा लाइसेन्स दिएको हो ।  

 हाल बैंकको चुक्ता पुँजी १० करोड छ  बैंकले २५ करोड संस्थापक शेयरको लागि विभिन्न पक्षसँग सम्झौता गरिसकेको छ । सम्झौता अनुसारको रकम आएमा बैंकको चुक्ता पुँजी ३५ करोड पुग्ने छ ।  बैंकको चुक्ता पुँजी ३५ करोड भएपछि १५ करोड बराबरको आईपिओ निष्काशन गर्ने छ । सर्बसाधारणलाई १५ करोडको आईपिओ बिक्रि गरेपछि बैंकको चुक्ता पुँजी ५० करोड पुग्ने छ । राष्ट्र बैंकको नियम अनुसार एक जिल्ले कार्यकक्षेत्र भएका विकास बैंकले ५० करोड चुक्ता पुँजी पुर्याउनु पर्नेहुन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved