कोरोना संक्रमित बढेसंगै टेकु अस्पतालले माग्यो ३४ जना थप कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 10:31:18 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले करार सेवामा कर्मचारी पदपूर्ति गर्ने भएकाे छ । अस्पतालले कोभिड संक्रमितहरूको हेरचाह तथा उपचारका लागि विभिन्न पदहरूमा ०७८ अषाढ मसान्तसम्मका लागि सेवा करारमा खुल्ला प्रतियोगिता मार्फत विभिन्न पदमा ३४ जनाकाे  पदपूर्ति गर्न लागेको हो । 

यसका लागि २०७८ बैशाख २३ गते दिउँसो ५ बजे भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त आव्हान दिन सक्ने छन् ।  जस अनुसार मेडिकल अधिकुत पद ८ तहका लागि मान्यता प्राप्त शिक्षण संसथाबाट MBBS उतिर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनु पर्ने छ । यसको माग संख्या ८ जना रहेको छ । अन्तरवार्ता मिति ०७८ बैशाख २४ गते दिउँसो १ बजे हुनेछ । त्यस्तै स्टाफ नर्स ५ तहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा प्रमाणपत्र तह उतिर्ण गरी नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएको हुनु पर्छ । यसको माग संख्या २० जना रहेको छ भने अन्तरवार्ता ०७८ बैशाख २४ गते दिउँसो २ बजे हुने छ । 

यस्तै रेयिोग्राफर ५ तहका लागि १ जना मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा प्रमाणपत्र तह उतिर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनु पर्ने छ । यसको अन्तरवार्ता भने ०७८ बैशाख २४ गते दिउँसो १ ः ३० मा हुने छ । 

हेल्थ असिस्टेन्ट ५ तहका लागि ५ जना मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सा विषयमा प्रमाण पत्र ता उतिर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनु पर्ने छ । यसको अन्तरवार्ता भने ०७८ बैशाख २५ गते दिउँसो २ बजे हुनेछ । 

परीक्षा दस्तुर लाग्ने छैन भने उमेरको हद नेपाल स्वास्थ्य सेवा ऐन, ३०५३ को दफा १२ ले तोके बमोजिम हुनु पर्ने छ । तलब स्केल नेपाल सरकारको प्रचलित स्केल हुनेछ । 

अस्पतालका अनुसार दरखास्त फराम तथा बुझाउँदा लिखित दरखास्त निवेदन, नागरिकता, शैक्षिक योग्यता र काउन्सिल वा परिषद्मा दार्ता प्रमाणपत्र उम्मेदवार स्वयमले प्रमाणित गरी उक्त अस्पतालको इमेल [email protected] मा पेस गर्नुपर्नेछ ।  उम्मेदवारहरूले अन्तरवार्तामा उपस्थित हुँदा सकल प्रमाणपत्र सहित उपस्थित हुनुपर्नेछ । सबै पदमा पहिलो प्राथमिकता र कार्यानुभव अनुसार सिफारीस गरिने अस्पतालले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved